ज्ञानेन्द्र शाहीद्वारा “नमेटिने घाउ’’को डविङ

काठमाडौँ, ६ साउन । अभिनेता रमित ढुङ्गानाको निर्माण तथा निर्देशन रहेको सत्य घटनामा आधारित चलचित्र “नमेटिने घाउ’’ यति बेला डबिङमा छ ।

चलचित्रमा अभिनय गरेका सांसद ज्ञानेन्द्र शाहीले आफ्नो पाटोको डबिङ सकाएका छन् । चलचित्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत अभिनय रहेको छ । उनले केहि दिनमा  डबिङ गर्ने निर्देशक रमित ढुङ्नाले जानकारी दिए ।

छिट्टै प्रदर्शनमा आउन लागेको चलचित्र “नमेटिने घाउ’’ एसिड पीडितहरुको बास्तविक जीवनीमा आधारित छ  । चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटेर बनाईएको छ । चलचित्रमा शिवम् अधिकारीको कथा, ओम सुनारको संगीत छ । 

रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा  प्रहरी उपरीक्षकद्वय बालनसिंह राणा र कुमुद ढुगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ बैशाख । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि एक हप्ता समय दिने निर्णय गरेको छ

काठमाडौँ, १७ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रप्रति राज्य र समाजले हेर्ने दृष्टिकोण अझै पूर्ण रूपमा

काठमाडौँ, १७ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेको अध्यादेश बारे संविधान र कानुविद्हरूसँग परामर्श गर्ने भएका छन् । सरकारले

काठमाडौँ, १७ बैशाख । संसदीय प्रक्रिया छलेर कानुन संशोधन गर्न सरकारले एकपछि अर्को अध्यादेश मार्फत ४० वटा भन्दा बढी कानून