मण्डलामा ‘मेषी दण्ड’ मञ्चन

काठमाडौँ, ५ साउन । मण्डला थिएटरमा शुक्रबारदेखि नयाँ नाटक ‘मेषी दण्ड’को मञ्चन सुरु भएको छ । अनिल सुब्बाले निर्देशन गरेको यो नाटक साउन २७ गतेसम्म चल्नेछ ।

गीलु रातोसले लेखेको नाटकमा डेढ शताब्दीअघिको कथा समेटिएको छ । हिमाली जिल्लाका आदिवासीले भाषाको कारण तत्कालीन राज्यबाट भोग्नुपरेको विभेदलाई नाटकमा उतारिएको निर्देशक सुब्बाले बताए ।

सोलुखुम्बुको खालिस राई समुदायले भोगेको कथालाई नाटकमा प्रस्तुत गरिएको छ । यो नाटकको निर्माता रिजन केसी हुन् ।

साउन ५ देखि हरेक दिन (सोमबारबाहेक) बेलुकी पौने ६ बजे मञ्चन नाटक मञ्चन हुने जनाइएको छ । शनिबार भने दिउँसो साढे १ बजे अतिरिक्त मञ्चन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार नामथर नखुलेका अन्दाजी ५०

काठमाडौँ, ७ असोज । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आजदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट

काठमाडौँ, ७ असोज ।  जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपालचोक पाँचपोखरी थाङ्पाल गाँउपालिका–७ बस्ने

काठमाडौँ, ७ असोज । बिहीबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न यातायात व्यवसायीले आह्वान गरेका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी