काठमाडौँ, १ साउन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
चारबुँदे मागसहित कृषितर्फका प्राविधिक कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले संघमा समायोजन भएका कृषि सेवाअन्तर्गत कृषितर्फका कुल दरबन्दीमा रहेका ३२८ जना समेतको स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति हुने व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।
नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले समस्या समाधानका लागि समय मागे पनि लिखित रूपमा समस्या समाधानको प्रतिबद्धता नआएकाले धर्ना जारी राखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका योजना अधिकृत माधव पौडेलले जानकारी दिए ।






