त्रिवि परीक्षाको नतिजा ९० दिनमै

काठमाडौँ, ३० असार । त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्ले शैक्षिकसत्र २०८१ का लागि क्यालेन्डर स्वीकृत गरेको छ ।

रेक्टर खड्ग केसीका अनुसार परीक्षा भएको ९० दिनभित्र नतिजा सार्वजनिक गर्नुपर्ने व्यवस्था क्यालेन्डरमा गरिएको छ । सेमेस्टर र वार्षिक प्रणालीअन्तर्गत सञ्चालित शैक्षिक कार्यक्रमको क्यालेन्डर कार्यान्वयनका लागि अध्ययन संस्थान, संकाय, आंगिक क्याम्पस, केन्द्रीय विभागहरूमा पठाइएको रेक्टर कार्यालयले जनाएको छ ।

विश्वविद्यालय अनुदान आयोगले गत असारमा सबै विश्वविद्यालयलाई एकीकृत शैक्षिक क्यालेन्डर तयारी गरी कार्यान्वयनका लागि पठाएको थियो । भर्ना, पठनपाठन, परीक्षा र नतिजा प्रकाशनको कार्यतालिका विश्वविद्यालयपिच्छे फरकफरक भएर उच्च शिक्षामा भद्रगोल देखिएपछि आयोगले क्यालेन्डर प्रस्ताव गरेको थियो । विश्वविद्यालयले आफ्नो अनुकूल हुने गरी क्यालेन्डर लागू गर्न सक्ने आयोगले जनाएको थियो ।

मुलुकभर १२ वटा संघीय विश्वविद्यालय, तिनले सम्बन्धन दिएका क्याम्पससहित प्रादेशिक विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी करिब १५ सय उच्च शिक्षा प्रदायक शिक्षण संस्था सञ्चालनमा छन्, जहाँ ५ लाखभन्दा बढी विद्यार्थी अध्ययन गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मोबाइल बैंकिङ एप मार्फत सिधै प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा

काठमाडौँ, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबानपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि

काठमाडौँ, १५ भदौ । बंगलादेशको संसद्‍‍ले नेपालमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौँ, १५ भदौ । आज सुनको घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार