राष्ट्रिय सभाको बैठक बस्दै नबसी स्थगित

काठमाडौँ, २७ असार । राष्ट्रिय सभाको बैठक बस्दै नबसी स्थगित भएको छ ।

बिहीबार बोलाइएको बैठकमा बजेट आश्रित विधेयकहरू पारित गर्ने कार्यसूची थियो । तर बजेट आश्रित विधेयकमा एमालेले राखेको संशोधन प्रस्ताव कांग्रेस र एमालेले मिलेर पास गर्न खोजेपछि बैठक सुरु नै हुन सकेन ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा यो विषयमा कुरा मिलेन । अर्थमन्त्री वर्षमान पुनले पनि विपक्षीको संशोधन स्वीकार गर्न नसकिने सन्देश पठाए । त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले बैठक नै स्थगित गरेका छन् । अर्को बैठक ३० गते दिउँसो १ बजेर १५ मिनेटमा बस्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असार । अमेरिकामा बमवर्षक विमान दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दक्षिणी क्यालिफोर्नियास्थित मोजावे मरुभूमिमा रहेको एडवड्र्स वायुसेना

एजेन्सी, २ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबिचको सम्झौतामा पूर्ण रूपमा हस्ताक्षर भइसकेको बताएका छन् । सोमबार फ्रान्सेली राष्ट्रपति इमानुएल

एजेन्सी, १ असार । अमेरिकाको मिसौरी राज्यमा एक स्काईडाइभिङ विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १२ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूका

एजेन्सी, १ असार । अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि शान्ति सम्झौता भएको खबर सार्वजनिक भएसँगै एसियाली बजारको प्रारम्भिक कारोबारमै कच्चा