कोपा अमेरिकाको समापनमा शाकिराले प्रस्तुति दिने

काठमाडौँ, २७ असार । सन् २०२४ को कोपा अमेरिकाको समापन समारोहमा विश्वचर्चित कोलम्बियन पपस्टार शाकिराले प्रस्तुति दिने भएकी छिन् ।

कनमेबोलद्वारा जारी वक्तव्यमा खेल इतिहासको सबैभन्दा पुरानो प्रतियोगितामध्येको एक कोपा अमेरिकाको फाइनलमा शाकिरा प्रस्तुति दिने पहिलो कलाकारको रुपमा हुने उल्लेख छ ।

कनमेबोलका अध्यक्ष अलेजान्ड्रो डोमिङ्ग्वेजले भनेका छन्, ‘शाकिरा एक असाधारण दक्षिण अमेरिकी स्टार हुन्, जसले सारा संसारलाई चकित पारेकी छन्,’ ‘उनका गीत ग्रहका सबै कुनामा गाइन्छ र नाचिन्छन् । उनको कला सिमाना पार गरेर लाखौं मानिसमा पुग्ने गरेको छ । हामी विश्वस्त छौं कोपा अमेरिका २०२४ को स्टेजमा उनको माध्यमबाट खेलमा जोश र एकताको सन्देशलाई बढावा दिनेछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असार । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २–० ले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेताका रूपमा

काठमाडौँ, १३ असार । फ्रान्स समूह ‘आइ’ को विजेता बनेको छ । नर्वेलाई ४-१ ले हराउँदै फ्रान्स विजेता बनेको हो ।

काठमाडौँ, १२ असार । नेपाल बक्सिङ महासंघको आयोजनामा जारी ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता–२०८३ अन्तर्गत दोस्रो दिन शुक्रबार

काठमाडौँ, ११ असार । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ च्याम्पियनसिप–२०८३ अन्तर्गत उद्घाटन दिनका