मुख्यमन्त्री कार्कीलाई कालो झण्डा

काठमाडौँ, २६ असार । तेह्रथुममा पहिचान पक्षधरले कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कालो झण्डा देखाएका छन् ।

तेह्रथुमको बसन्तपुरबाट म्यालुङ जाने क्रममा बुधबार बिहान जिरिखिम्तीमा कालो झण्डा देखाएका हुन् । प्रदेशको नाम पहिचानको आधारमा राख्न माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले २६ माघ २०८० मा सरकारसँगको सहमतिपछि आन्दोलनको स्वरुप परिवर्तन गरेको थियो ।

नेताहरूकाे यात्रामा अवराेध नगर्ने सहमति गरेकाे थियाे । तर, बुधबार मुख्यमन्त्री तेह्रथुमको म्याङलुङ जाने क्रममा पुन: कालो झण्डा देखाएका हुन् । मुख्यमन्त्रीलाई कालो झण्डा देखाउने क्रममा प्रहरी र पहिचान पक्षधरबीच सामान्य धकेलाधकेल भएको थियो । पहिचान पक्षधरले पहिचानको आधारमा नाम राख्न माग गर्दै मुख्यमन्त्री कार्कीविरुद्ध प्रदर्शन गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १८ बैशाख । सैन्य ‘कू’ पछि हिरासतमा राखिएकी म्यानमारकी पूर्व नेतृ आङ सान सुकीलाई नजरबन्दमा राखिने भएको छ । म्यानमारको जुन्ता

एजेन्सी, १७ बैशाख । लिबियाको पूर्वी तटमा अनियमित आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा सात जनाको सकुशल उद्धार गरिनुका साथै १७

एजेन्सी, १७ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चाँडै चतुरता देखाउन (स्मार्ट हुन) र आणविक कार्यक्रमहरूमा कडा नियन्त्रणको माग

एजेन्सी, १७ बैशाख । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव