राष्ट्रपति मैत्रीपालद्वारा संसद भंग

(कात्तिक २४, एजेन्सी) । श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेनाले संसद भंग गर्ने आदेश दिनुभएको छ ।

उक्त आदेश शुक्रबार मध्यरातबाट लागू भएको छ । यो सँगै जनवरीमा आम चुनाव हुन हुने भएको छ । राष्ट्रपतिको आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट पर्न गए उक्त चुनाव हुन नसक्ने बताइएको छ ।

प्रधानमन्त्रीबाट बर्खास्त गरिएका रनिल विक्रमासिंघेको पार्टी युनाइटेड नेशनल पार्टी ९यूएनपी०ले राष्ट्रपतिसँग यो निर्णय गर्ने शक्ति नरहेको बताएको छ ।

गत महिना राष्ट्रपति सिरिसेनाले विक्रमासिंघेलाई बर्खास्त गर्दै पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई नयाँ प्रधानमन्त्री बनाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि