मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत फेस गर्ने

मकवानपुर, २३ असार । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संसद्‍बाट विश्वासको मत लिने भएका छन् ।

आइतबार काठमाडौँमा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले विश्वासको मत फेस गरेर अघि बढ्ने सुझाव दिएपछि मुख्यमन्त्री जम्कट्टेल सोही अनुसार तयार भएको बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय संसद्‍बाट विश्वासको मत लिने रणनीति बनाएसँगै मुख्यमन्त्री जम्कट्टेलले पनि विश्वासको मत लिने भएका हुन् । संसदीय दलका मुख्य सचेतक रत्न प्रसाद ढकालका अनुसार संसदीय दलको बैठकमा सबैले विश्वासको मत फेस गर्न सुझाव दिएको र केन्द्रबाट पनि सोही अनुसार निर्देशन प्राप्त भएकाले मुख्यमन्त्री जम्कट्टेल तयार भएका हुन् ।

यता एमालेका मन्त्रीहरूले आजै पदबाट राजीनामा दिने तयारी गरेका छन् । राजीनामा पछि एमालेले नयाँ गठबन्धन अनुसार कांग्रेससँगको गठबन्धनमा सरकार गठनको तयारी गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ जेठ । हवाई इन्धनको मूल्यवृद्धि र सोही कारण टिकटको भाउ बढ्दा आन्तरिक उडानमा यात्रुको संख्या घटेको छ ।

काठमाडौँ, ११ जेठ । कास्कीको पोखरा महानगरपालिका–१७ स्थित सेती नदीको खोचबाट सशस्त्र प्रहरी बलको टोलीले एकजनाको शव निकालेको छ । भारत

काठमाडौँ, ११ जेठ । आज बजारमा आलुको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज

काठमाडौँ, ११ जेठ । झापाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक माइक्रो बस (हायस) मा काँक्रोभित्र लुकाएर ल्याइएको लागुऔषधसहित एक युवक पक्राउ परेका