सुडानमा डुङ्गा डुब्दा २५ जनाको मृत्यु

एजेन्सी, २१ असार । सुडानको दक्षिणपूर्वमा रहेको ब्लु नाइल नदीमा डुङ्गा डुब्दा २५ जनाको ज्यान गएको छ ।

सिन्जामा जारी नी सेना र अर्धसैनिक बलबीचको जारी युद्धबाट भाग्न खोजेर छिमेकी राज्य गेडारेफमा जान लागेका २५ जनाको डुबेर ज्यान गएको हो । ज्यान गुमाउनेमा धेरै महिला र बालबालिका रहेका अन्तराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

पाँच लाखभन्दा धेरैले युद्धबाट बच्नका लागि शरण लिएको सेन्नार राज्यको राजधानी सिन्जामा आरएसएफले केहीदिनअघि सैन्य आधार नियन्त्रणमा लिएर कारवाही गरिरहेका थियो । प्रत्यक्षदर्शीका अनुसार आरएसएफले त्यहाँका बासिन्दालाई नाइल नदीपारि काठको सानो डुङ्गामा भाग्न बाध्य बनाएको थियो ।

संयुक्त राष्ट्रसङ्घले तीन दिनमा सिन्जाबाट कम्तिमा ५५ हजार जना मानिस भागेको बताएको छ । छिमेकी राज्य गेडारेफमा यो हप्ता मात्र एक लाख २० हजार विस्थापित मानिस आएको स्थानीय अधिकारीले अनुमान गरेका छन् । सुडानमा समग्रमा एक करोडभन्दा बढी मानिस विस्थापित भएका छन् । यसलाई राष्ट्रसङ्घले विश्वको सबैभन्दा खराब विस्थापन सङ्कट भनेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोविरुद्धको खोप अभियानको पहिलो दिन झापामा २१ हजार ७४६ जनाले खोप लगाएका

काठमाडौँ, ६ असोज । लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार केशव देवकोटा र

काठमाडौँ, ६ असोज । भोजपुरमा गाईभैँसीमा देखिने खोरेत रोग उन्मूलनका लागि ‘खोप अभियान’ सञ्चालन हुने भएको छ । भेटेरिनरी अस्पताल

काठमाडौँ, ६ असोज । जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार