‘एनजी’ आएका सबैलाई मौका परीक्षा दिँदा कक्षा ११ को भर्ना प्रक्रिया प्रभावित हुने

काठमाडौँ, १७ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नन ग्रेडेड (एनजी) आएका सबैलाई मौका परीक्षा (ग्रेड वृद्धि) दिन पाउने व्यवस्था गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ५२ प्रतिशत विद्यार्थीको ‘एनजी’ आएपछि सबैलाई मौका परीक्षा दिन पाउने निर्णय गरेकी थिइन् ।

आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३ देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले परीक्षा तालिका भने साेमबार सार्वजनिक गर्ने बताएको छ । 

यसअघि दुई विषयमा ‘एनजी’ आएका विद्यार्थीका लागिमात्रै भन्दै राष्ट्रिय परीक्षा बोर्डले साउन १८ र १९ गते मौका परीक्षाको मिति तय गरेको थियो । तर, शिक्षामन्त्रीले मन्त्रीस्तरीय निर्णय गर्दै ‘एनजी’ आएका सबै विद्यार्थीलाई मौका परीक्षा दिन पाउने निर्णय गरेसँगै परीक्षा मिति फेरबदल भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर