अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हरायो

काठमाडौँ, ९ असार । अफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा अस्ट्रेलियालाई पहिलो पटक हराएको छ । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत ‘सुपर–आठ’ काे समूह ‘एक’ को आज दोस्राे खेलमा  अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हराएको हो ।

अहिलेसम्म टी–२० विश्वकपमा दुवै टोलीबीच दुई पटक भेट भएकाे छ । यसअघि सन् २०२२ को विश्वकपमा अस्ट्रेलियाले अफगानिस्तानलाई चार रनले हराएको थियो । आजको जितसँगै समूह ‘एक’ को अङ्क तालिका रोमाञ्चक बनेको छ । समूह ‘एक’ मा भारत दुई खेलमा चार अङ्कसहित शीर्ष स्थानमा छ । अफगानिस्तान र अस्ट्रेलियाको समान दुई अङ्क रहेको छ ।

समूहमा अब भोलि बेलुका सवा ८ बजे भारत र अस्ट्रेलियाबीच खेल हुनेछ भने अफगानिस्तान र बङ्गलादेशबीच पर्सि मङ्गलवार बिहान सवा ६ बजे खेल हुनेछ । बाँकी खेलमा भारतले अस्ट्रेलियालाई र अफगानिस्तानले बङ्गलादेशलाई हराएमा अफगानिस्तान विश्वकपको सेमिफाइनलमा प्रवेश गर्नेछ । यसअघि ‘सुपर–आठ’ को खेलमा अफगानिस्तान भारतसँग ४७ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः