टी–२० विश्वकप : वेस्ट इन्डिजले अमेरिकालाई नौ विकेटले हरायो

काठमाडौँ, ८ असार । आईसीसी टी–२० विश्वकप क्रिकेटको आज बिहान भएको खेलमा वेस्ट इन्डिजले अमेरिकालाई नौ विकेटको फराकिलो अन्तरले हराएको छ । 

अन्तर्राष्ट्रिय क्रिकेटको निकै अनुभवी टोली वेस्ट इन्डिजले टी–२० विश्वकपमा सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ भने अमेरिकाको यो पहिलो सहभागिता हो । जितसँगै वेस्ट इन्डिजले सेमिफाइनल प्रवेशको सम्भावना जीवितै राखेको छ । लगातार दोस्रो हारसँगै अमेरिकाको सेमिफाइनल पुग्ने सम्भावना भने कमजोर बनेको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले १९।५ ओभरमा अलआउट हुनुअघि एक सय २८ रन बनाएको थियो । वेस्ट इन्डिजले भने १०।५ ओभरमै केवल एक विकेट गुमाएर विजयलक्ष्य पुरा ग¥यो । 

वेस्ट इन्डिजको जितमा ओपनर ब्याट्सम्यान साई होपले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले अविजित ८२ रन बनाए । प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका उनले आठ छक्का र चार चौका हिर्काए । अर्का ओपनर जोन्सन चाल्र्स भने १५ रन बनाउँदै पेभेलियन फर्किए । साई होप र जोन्सन चाल्र्सले ओपनिङ विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए । 

वेस्ट इन्डिजका लागि तेस्रो नम्बरका ब्याट्सम्यान निकोलस पुरनले पनि अविजित २७ रनको योगदान गरेका थिए । उनले केवल १२ बलको सामना गरी तीन छक्का र एक चौका हिर्काए । त्यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाका लागि अमेरिकाका लागि ओपनर ब्याट्सम्यान एन्ड्रिज गौसले सर्वाधिक २९ रन बनाए । अर्का ओपनर स्टिभन टेलर भने दुई रनमै आउट भएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान नितिश कुमारले टोलीको खातामा २० रन थपे । कप्तान एरोन जोन्स पनि ११ रनभन्दा अगाडि बढ्न सकेनन् ।

अमेरिकाका लागि मिलिन्द कुमारले पनि टोलीको खातामा १९ रन थपे । आठौँ नम्बरका ब्याट्सम्यान साड्ली क्लाउड भान साल्कविकले पनि १८ रन बनाए । अली खानले अविजित १४ रन जोडे । घरेलु मैदानमा क्यारेबियन टोलीका बलर रोस्टन चेजले तीन विकेट लिए । आन्द्रे रसेलले पनि तीन विकेट हात पारे । अल्जारी जोसेफले दुई विकेट लिए । गुडाकेश मोटीले पनि एक विकेट कुम्ल्याए । 

‘सुपर–८’ चरणको ‘समूह–२’ मा रहेका वेस्ट इन्डिज र अमेरिकाले दोस्रो खेल खेलेका हुन् । यी दुवै टोली आफ्नो पहिलो खेलमा पराजित भएका थिए । त्यसैले दुवै टोलीका लागि शनिबारको खेल महत्त्वपूर्ण थियो । ‘सुपर–८’ चरणको ‘समूह–२’ मा दुई खेल खेलेको दक्षिण अफ्रिका चार अङ्कसहित पहिलो स्थानमा छ । समान खेल खेलेका वेस्ट इन्डिज र इङ्गल्यान्डको भने दुई–दुई अङ्क छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १८ बैशाख । सैन्य ‘कू’ पछि हिरासतमा राखिएकी म्यानमारकी पूर्व नेतृ आङ सान सुकीलाई नजरबन्दमा राखिने भएको छ । म्यानमारको जुन्ता

एजेन्सी, १७ बैशाख । लिबियाको पूर्वी तटमा अनियमित आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा सात जनाको सकुशल उद्धार गरिनुका साथै १७

एजेन्सी, १७ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चाँडै चतुरता देखाउन (स्मार्ट हुन) र आणविक कार्यक्रमहरूमा कडा नियन्त्रणको माग

एजेन्सी, १७ बैशाख । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव