चीनमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८ पुग्यो

एजेन्सी, ८ असार । चीनमा मुसलधारे वर्षाका कारण बाढी आउँदा ज्यान गुमाउनेको सङ्ख्या ३८ जना पुगेको छ ।

दक्षिण चीनको गुआङडाेङ प्रान्तमा यो हप्ताको मुसलधारे वर्षा र बाढीबाट ज्यान गुमाउनेकाे सङ्ख्या ३८ जना पुगेको विपद्मा सक्रिय अधिकारीलाई उद्धित गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

बाढी र पहिरोबाट हजारौँ घर र सडक क्षतिग्रस्त भएका छन् । केही क्षेत्रमा यो हप्ता शताब्दीकै ठूलो बाढी आएको प्रारम्भिक अनुमान गरिएको छ । बाढीमा फसेका मानिसहरूको खोजी र उद्धार कार्य भइरहेको छ । मुसलधारे वर्षाबाट ५५ हजारभन्दा धेरै मानिस प्रभावित भएका छन् । जलवायु परिवर्तनले ठूलो वर्षा र ‘लू’ जस्ता चरम मौसमी प्रतिकूल अवस्था निम्ताएको विज्ञले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२ बुँदे निर्देशन जारी गरेको छ । आज संसदीय दलको कार्यालय

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात

काठमाडौँ, १६ बैशाख । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी अस्पताल भर्ना भएकी छन् । श्रम संस्कृति पार्टीका सांसद आरेन राईका अनुसार सुगरको

काठमाडौँ, १६ बैशाख । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले माओवादी उग्र वामपन्थले समाज रुपान्तरण नगरेको बताएका छन् । आज काठमाडौँमा २७