हलमा ‘दान्भी’ र ‘आचार्य’

काठमाडौँ, ७ असार ।  नेपाली कथानक चलचित्र ‘दान्भी’ र ‘आचार्य’ आजबाट प्रदर्शनमा आएका छन् ।

फ्राइडे रिलिजअन्तर्गत रुपेश तामाङको निर्देशन रहेको ‘दान्भी’ र प्रशान्त रासाइलीको निर्देशनमा बनेको ‘आचार्य’ प्रदर्शनमा आएका हुन् । 

फ्रेस रिलिज ‘दान्भी’ले उत्साहजनक शो पाउँदा रि–रिलिज ‘आचार्य’ले निकै न्यून हल पाएको छ । चलचित्र ‘दान्भी’मा अभिनेत्री पूजा शर्मा मुख्य भूमिकामा छिन् । उनले पहिलोपटक एक्सन भूमिका निर्वाह गरेकी छन् । 

चलचित्रमा पूजासँगै कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङलगायत कलाकारको पनि अभिनय छ । 
  
सत्यराज आचार्य मुख्य भूमिकामा रहेको चलचित्र यसअघि १३ वर्ष अगाडि रिलिज भएको थियो । ‘आचार्य’ गायक तथा संगीतकार भक्तराज आचार्यको बायोपिक मुभी हो । यो चलचित्रमा सत्यराजसँगै सुनील पोखरेल, सौगात मल्ल, विपीन कार्की, अरुणा कार्कीलगायत कलाकारको अभिनय छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ