मध्य गाजामा इजरायली हमलामा कम्तिमा ५५ जना प्यालेस्टिनीको मृत्यु

एजेन्सी, २७ जेठ । मध्य गाजा पट्टीको नुसिरात शिविर र केही अन्य क्षेत्रमा शनिबार इजरायली हवाई आक्रमणमा कम्तीमा ५५ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

मध्य गाजाको देइर अल–बालाहस्थित अल–अक्सा अस्पतालका निर्देशक खलिल अल–डाक्रानले नुसिरात शिविर र देर अल सहरमा इजरायली बमबारीका कारण ठूलो सङ्ख्यामा घाइते प्यालेस्टिनीकोलाई अस्पताल पठाइएको बताउनुभएको छ । यसमध्ये केहीको मृत्यु भएको पुष्टि भएको छ ।

प्यालेस्टिनी प्रत्यक्षदर्शीहरूले इजरायली विमानले तीव्र हवाई आक्रमणसहित उक्त क्षेत्रलाई निशाना बनाएको र यसका कारण स्थानीय नागरिकको सुरक्षाका लागि केही घाइतेहरूलाई एम्बुलेन्स सेवाहरू समयमै पु¥याउन नसकिएको बताएका थिए । यसैबीच, हमास नियन्त्रित गाजाको प्यालेष्टिनी सरकारी सञ्चारमाध्यमका अनुसार नुसिरात शिविरमा भएको आक्रमणमा परी कम्तीमा २१० जनाको मृत्यु भएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असार । अमेरिकामा बमवर्षक विमान दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दक्षिणी क्यालिफोर्नियास्थित मोजावे मरुभूमिमा रहेको एडवड्र्स वायुसेना

एजेन्सी, २ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबिचको सम्झौतामा पूर्ण रूपमा हस्ताक्षर भइसकेको बताएका छन् । सोमबार फ्रान्सेली राष्ट्रपति इमानुएल

एजेन्सी, १ असार । अमेरिकाको मिसौरी राज्यमा एक स्काईडाइभिङ विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १२ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूका

एजेन्सी, १ असार । अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि शान्ति सम्झौता भएको खबर सार्वजनिक भएसँगै एसियाली बजारको प्रारम्भिक कारोबारमै कच्चा