अमेरिकामा फेसबुक बन्द गर्न २० हजार कर्मचारी परिचालन

(कात्तिक २०, एजेन्सी) । अमेरिकी मध्यावधि चुनावमा हस्तक्षेप गर्ने कोसिसमा रहेका एक सय १५ विदेशी व्यक्ति एवं संस्थाका फेसबुक एकाउन्ट ९खाता० बन्द गरिएको छ ।

अमेरिकी मध्यावधि चुनावमा फेसबुक मार्फत हुनसक्ने गडबडी रोक्न फेसबुकले व्यापक जनशक्ति परिचालन गरेको छ । उक्त कार्यका लागि फेसबुकले करिब २० हजार कर्मचारी खटाएको छ । अमेरिकी प्रहरीको चेतावनीपछि फेसबुकले बन्द गरेका खातामा ८५ वटा इन्स्टाग्राम खाता समेत रहेका छन् ।

अमेरिकी कानुन कार्यान्वयन तथा जासुसी संस्थाहरुले रुसीहरुले फेसबुक मार्फत नक्कली समाचार फैल्याएको बताएलगत्तै फेसबुकले उक्त घोषणा गरेको हो । अमेरिकामा मङ्गलबार मध्यावधि चुनाव हुँदैछ ।

राष्ट्रपतीय निर्वाचनताका राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा रुसीहरुले सामाजिक सञ्जालको दुरुपयोग गरी सघाएको आरोप लाग्दै आएको छ ।

फेसबुकका साइबर सुरक्षा नीति प्रमुख नाथानिल ग्लेचरले भन्नुभयो, “आइतबार साँझ, अमेरिकी कानुन कार्यान्वयन निकायले अनलाइन गतिविधिका बारेमा हामीसँग सम्पर्क राखेका थिए । उनीहरुको विचारमा ती खाताहरु विदेशी व्यक्ति एवं संस्थासँग सम्बन्धित थिए । हामीले तत्कालै ती खाता बन्द गरिदियौं र हामी अहिले त्यसका बारेमा विस्तृत रुपमा बुझ्ने क्रममा छौं ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा