इंग्लिस प्रिमियर लिग : हडर्सफिल्डले फुलहमलाई हरायो

(कात्तिक २०, काठमाडौँ) । इंग्लिस प्रिमियर लिग फुटबलमा हडर्सफिल्ड टाउनले फुलहमलाई १–० ले हराउँदै पहिलो जित निकालेको छ ।

सोमबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा हडर्सफिल्डले फुलहमलाई पराजित गरेको हो । फुलहामका तिमोथी फोसु मेन्साहले खेलको २९ औं मिनेटमा आत्मघाती गोल गरेपछि हडर्सफिल्डको भाग्य चम्किएको हो ।

जितसँगै ११ खेलबाट १ खेलमा जित र ३ खेलमा बराबरी खेलेको हडर्सफिल्डको ६ अंक भएको छ भने फुलहामको भने ५ अंक रहेको छ ।

लिगको शीर्ष स्थानमा म्यानचेस्टर सिटी रहेको छ । सिटीको ११ खेलबाट २९ अंक रहेको छ । त्यस्तै, दोस्रो स्थानमा चेल्सी र तेस्रो स्थानमा लिभरपुल रहेका छन् । चेल्सी र लिभरपुलको समान २७–२७ अंक भएपनि गोलअन्तरको आधारमा चेल्सी अघि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र