(कार्तिक १९, एजेंसी) । बलिउड नायक आयुष्मान खुराना र सान्या मल्होत्रा स्टारर फिल्म ‘बधाई हो’ ले भारतीय बक्सअफिसमा सय करोड कमाएको छ ।
प्रदर्शनको १७ दिनमा सय करोड कमाउने वर्षको दशौं फिल्म समेत बनेको छ । फिल्ममा आयुष्मा, सान्या, नीना गुप्ता, गजराज रावको पनि प्रमुख भूमिका रहेकोे छ ।
२० करोडमा निर्माण भएको फिल्मलाई क्रिटिक्स र दर्शकले निकै रुचाएका छन् ।





