टी–ट्वान्टी क्रिकेट सिरिज : भारतले वेष्टइन्डिजलाई हरायो

(कात्तिक १८, काठमाडौँ) । वेष्ट इन्डिजसँगको ३ खेलको टी–ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा भारतले वेष्टइन्डिजलाई पाँच विकेटले हराउँदै जित हात पारेको छ ।

आइतबार राति सम्पन्न पहिलो खेलमा वेष्ट इन्डिजले दिएको ११० रनको सामान्य चुनौती भारतले १७.५ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १०९ रन मात्रै बनाएको थियो । वेष्ट इन्डिजका लागि फावियान एलेनले २७ र किमो पाउलले अविजित १५ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् । बलिङतर्फ भारतका कुलदीप यादवले ३ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै मात्र १३ रन खर्चेर ३ विकेट लिएका थिए ।

भारतका लागि दिनेश कार्थिकले अविजित ३१, हार्दिक पाण्ड्याले अविजित २१ रन बनाए । यसअघि मनिष पाण्डेले १९ र लोकेश राहुलले १६ रन बनाएका थिए । भारतले पनि सुरुवाती समयमै विकेट गुमाउँदै दबावमा खेलेको थियो । पहिलो विकेटको रुपमा भारतले ७ रन हुँदा कप्तान रोहित शर्मालाई गुमाएको थियो । १६ रन हुँदा दोस्रो विकेटको रुपमा अर्का ओपनर शिखर धवनलाई गुमाएको भारतले ३५ रन हुँदा ३ विकेट र ४५ रन हुँदा ४ विकेट गुमाउँदै दबावमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र