टी-२० वरियतामा दीपेन्द्र उक्लिए शीर्ष १० मा

काठमाडौँ, २ जेठ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० अलराउण्डर वरियतातातर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले एक स्थान सुधार गरेका छन् ।

आईसीसीले निकालेको नयाँ वरियतामा दीपेन्द्रले एक स्थान सुधार गर्दै शीर्ष १० मा स्थान बनाएका हुन् । यसअघि उनी ११औं स्थानमा थिए ।

अलराउण्डरतर्फ नेपालका कप्तान रोहित पौडेल एक स्थान घट्दै ६६औं स्थानमा पुग्दा कुशल मल्ल ३३ औं र गुलशन झा ६१ औं स्थानमा यथावत छन् । करण केसीले ७४ औं स्थानमा छन् । ब्याटिङतर्फ दीपेन्द्र ५०औं, रोहित ६१औं र आसिफ शेख ८७ औं स्थानमा छन् । बलिङतर्फ सोमपाल कामी ९२औं स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्