पहिलो अभ्यास खेलमा नेपाल चार विकेटले विजयी

काठमाडौँ, २ जेठ । ट्वान्टी–२० विश्वकपका निम्ति हाल वेस्ट इन्डिजमा तयारी गरिरहेको नेपालले पहिलो अभ्यास खेमा विन्डवार्ड्स भोल्कानोजविरुद्ध चार विकेटको जित निकालेको छ । मंगलबार भएको खेलमा भोल्कानोजले प्रस्तुत गरेको १९७ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । भुर्तेलले ४२ बलमा ७१ रन बनाएका हुन् । यस्तै, दीपेन्द्रसिंह ऐरी २५ बलमा ५२ रन बनाएर अविजित रहे । भोल्कानोजका ल्री एडवार्डले तीन विकेट लिए । यस्तै, निक्लउस रेडहेडले दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङमा आएको भोल्कानोजले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १९६ रनको योगफल खडा गरेको थियो ।भोल्कानोजका डालोन डगलासले ५० र ए अगस्टेले ४१ रन बनाएका थिए ।

नेपालका रोहितकुमार पौडेलले तीन र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः