मुलुकको राजनीतिलाई अस्थीरतातर्फ लैजान कांग्रेस उद्दत

नरेस्वर ज्ञवाली

हालै सम्पन्न उपचुनावबाट नेकपा एमाले मुलुकको प्रमुख राजनीतिक शक्ति हो भन्ने स्वतह प्रमाणीत भएको छ । अब यहि अवस्थामा अर्थात सत्ता बाहिर बसेर २०८४ को चुनावमा एमालेसँग प्रतिस्प्रधा गर्न सकिदैन भन्ने कुरा कांग्रेसलाई प्रष्ट थाहा छ । त्यसैले जसरी हुन्छ यो गठबन्धनलाई कांग्रेस टुटाउन चाहान्छ के यहि हो नेपाली राजनीतिको कल्चर आफु सत्तामा रहदा ठिक आफु प्रतिपक्षमा रहदा गठबन्धन बेठिक ? जे गरेर हुन्छ जसरी हुन्छ आफु बिहीन सत्ता गठबन्धनलाई असफल बनाउने ।

यो राजनीतिक कल्चर हाम्रो मुलुकमा झांगिदै गइरहेको छ । जसको कारण गणतन्त्र प्राप्त गरेको १९ वर्षसम्म पनि विकासको गति निकैनै सुस्त छ । हाम्रो संविधान पनि यस्तो छ कि समानुपातिक र समावेशी नीतिको कारण हुन सक्छ कुनै पनि एउटा मात्र राजनीतिक दललाई बहुमत प्राप्त गर्न कठिन प्राय छ । हुनत गएको संसदीय निर्वाचनमा एमाले बिरोधी गठबन्धनको घेराबन्दीका बाबजुद पनि नेकपा एमाले लोकप्रिय मतको आधारमा ठूलो पार्टी बन्यो ।

एमालेको संगठनात्मक क्रियाकलाले ०८४ को चुनावमा बहुमतको बाजी मार्ने सम्भावना प्रबल छ । हुनत एमालेले यो बिचमा हालै गोदावरीमा सम्पन्न प्रतिनिधी परिषद बैठकमा कार्यकर्ताहरुले उठायका सवालहरु मूल्यांकन, नैतिक आचरण र अनुसाशन लगायत तमाम विषयहरु को निरुपण गर्नू पर्ने हुन्छ तब मात्र एमाले ले सोचे जस्तो परिणाम हात पार्ने पक्कै छ ।

एमालेको बढ्दो लोकप्रियताको कारण पनि प्रतिपक्षको रुपमा रहेको नेपाली कांग्रेस बढिनै तिलमिलाएको हुन सक्छ । यसैको कारणले नै हुन सक्छ गत हिउँदे संसदको अबिधेशन रबि लामिछानेको विषयलाई लिएर चल्ननै दिएन । जहाँ टिआरसी जस्ता महत्वपूर्ण विधेयकहरु संसद सचिवालयमा थन्किएर बसेका छन् । अब शुरु हुने बजेट अधिवेशनलाई पनि कांग्रेस अवरोध गर्ने पक्कै छ । सरकार र गठबन्धनलाई कुनैपनि हालतमा असफल पार्न उसको बटम लाइननै हुन सक्छ । त्यस कारण हालैका दिनहरुमा गठबन्धनको एक घटक माधवकुमार नेपालसँग कांग्रेसको सम्बन्ध निकट बन्दै गइरहेको छ । त्यसैले नै उहाँले गठबन्धन र सरकार प्रति असन्तुष्टि ब्यत्त गरिरहनु भएको छ । कांग्रेस एमालेका दोस्रो तहका नेताहरु संग पनि निकट सम्बन्ध बडाइ रहेको छ । आखिर नेपाली कांग्रेस जस्तो पार्टी प्रतिपक्षमा बसेर मुलुकको राजनीतिलाई अस्थीर बनाउने खेलमा किन लागिरहको छ ? प्रष्टैछ २०८४ को चुनावको लागि कांग्रेस सत्तासिन हुन चाहन्छ ।

तर नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीलाई कांग्रेसको राजनीतिक अस्थिरता निम्ताउने तिगडमको खेल थाहा छ । त्यसैले उहाँले सरकार र गठबन्धनलाई कुनैपनि हालतमा तोड्न चाहानु हुन्न र माधवकुमार नेपाल पनि यो गठबन्धनबाट हात झिकी हाल्ने पक्षमा पक्कै हुनुहुन्न । स्वभाबैले नै कांग्रेससंगको सहकार्य भन्दा कम्युनिस्टहरुको एक आपसको सहकार्य पक्कै पनि कम्फरटेबल हुनुपर्छ । फेरि अन्तर्राष्ट्रिय शक्तीहरु चाइना र भारत पनि गठबन्धनको पक्षमै भएको देखिन्छ भारत त यति बेला लोकसभाको चुनावमा केन्द्रीत भएकोले खासै चासो दिएको देखिदैन । जेहोस्, अब मुलुकलाई राजनीतिक अस्थीरताले ठाउदिन हुने छैन किनकी विकास र समृद्धी तथा भ्रस्टाचारमुक्त राज्य नेपाली जनताको चाहना हो । अस्तू ।

काठमाडौँ, ३१ बानेश्वर ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ जेठ । सल्यानमा आठ थान भरुवा बन्दुक बरामद गरिएको छ । प्रहरीका अनुसार बन्गाड कुपिण्डे नगरपालिका–१२ चौरस्थित सिद्धगुफा सामुदायिक

काठमाडौँ, १९ जेठ । काठमाडौँको ठमेलमा अवैध गतिविधिमा संलग्न रहेको आरोपमा १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्।  काठमाडौँ उपत्यका

काठमाडौँ, १९ जेठ । पर्वतको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति जिप

काठमाडौँ, १९ जेठ ।कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कैलालीमा लम्कीचुहा नगरपालिका–६