एसीसी प्रिमियर कपमा नेपालले आज हङकङविरुद्ध खेल्ने

काठमाडौँ, ३ बैशाख । एसीसी प्रिमियर कपमा नेपाल आज तेस्रो खेल खेल्दै छ । नेपालले आज हङकङविरुद्ध खेल्न लागेको हो । खेल बिहान ११ : ४५ बजे सुरु हुनेछ । 

नेपालले यसअघि लगातार दुई खेलमा जित निकालेको छ । शनिबार कतारविरुद्ध ३२ रनको जित निकालेको नेपालले त्यसअघिको खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो । 

आजको खेल जितेमा नेपालले सेमिफाइनलको यात्रा तय गर्नेछ । नेपाल समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा साउदी अरब, मलेसिया, हङकङ र कतार छन् । नेपाल चार अंकका साथ समूह ‘ए’को शीर्ष स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः