डकेन्द्रसिंह थेगिमलाई जिताउन जसपाको आव्हान

काठमाडौँ, २६ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालले इलाम निर्वाचन क्षेत्र नं २ का उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई जिताउन आव्हान गरेको छ ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् पार्टीका कोसी प्रदेश समिति इन्चार्ज रकम चेम्जोङले थेगिमलाई जिताउन तन, मन र धनले सहयोग गर्न आव्हान गरेका हुन् । थेगिम पहिचान र अधिकारवादी व्यक्तित्व, स्वतन्त्र तथा साझा उम्मेदवार भएको भन्दै नेता चेम्जोङले प्रदेशअन्तर्गतका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुलाई अनुरोध गरेका हुन् ।

पार्टीको कोसी प्रदेश समितिले निर्वाचनमा परिचालन हुन पार्टीपंक्तिलाई सर्कुलर गरेको छ । जसपाले पहिचान पक्षधर उम्मेदवारलाई जिताउन आफ्नो उम्मेदवार नउठाइ डकेन्द्रसिंह थेगिमलाई समर्थन गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० फागुन । सिन्धुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिन्धुलीको सिन्धुलीको कमलामाई नगरपालिका–४

काठमाडौँ, २० फागुन । नेपाल एयरलाइन्सले साउदीको दमाम र कतारको दोहामा निर्धारित उडान रद्द गरेको छ । नेपाल एयरलाइन्सले आज

काठमाडौँ, २० फागुन । गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोली निर्वाचन दिन हवाई गस्ती गर्ने निर्णय गरेको छ । गृह

काठमाडौँ, २० फागुन । बजारमा स्ट्रबेरीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज स्ट्रबेरीको