नयाँ शैक्षिक शत्र अगावै पाठ्यपुस्तक

काठमाडौँ, १८ चैत । सरकारले यसवर्षको शैक्षिक सत्र शुरु हुनु अगावै सबै विद्यालयमा पाठ्पुस्तक पुर्‍याउने उद्घोष गरेसँगै रामेछापमा पनि शैक्षिक सत्र शुरु हुनु अगावै सबै कक्षाको पाठ्यपुस्तक पुगेको छ ।

जिल्लामा रहेका सबैजसो पुस्तक पसलमा शुक्रवार कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तक पुगेको हो । सरकारले कक्षा १ देखि १२ सम्म निःशुल्क शिक्षा दिने घोषणा गरेसँगै यस बर्ष कक्षा १ देखि ४ सम्मको नीजि क्षेत्रलाई प्रकाशन र वितरणको जिम्मा दिएको छ भने कक्षा ५ देखि १० सम्म पाठ्यपुस्तक जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले प्रकाशन र वितरणको जिम्मा लिएको थियो ।

बिगतका वर्षमा सिजन शुरु भएको दुई महिनासम्म पनि जनक शिक्षा सामाग्री केन्द्रले पाठ्यपुस्तक उपलब्ध गराउन नसक्दा ब्यवसायीले जिल्लामा सबै विषयको पुस्तक ल्याउन सकेका थिएनन् । तर यस वर्ष केन्द्रले बेलैमा सेट संख्यामा पुस्तक प्रकाशन गरेका कारण भने चाँडै नै पाठ्पुस्तक जिल्लामा ल्याउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने

काठमाडौँ, ५ असोज । नक्कली नोट देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको

काठमाडौँ, ५ असोज । कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ बस्ने ४५ वर्षीय झेलु भन्ने नवीन चौधरीलाई

काठमाडौँ, ५ असोज । काठमाडौँको त्रिपुरेश्वरमा एक सार्वजनिक बसका चालकले आफू भित्रै बसेर गाडीमा आगो लगाएका छन् । बा ५