(कार्तिक १२, काठमाडौं) । पेप्सीकोला टाउनप्लानिंगस्थित करियर विल्डिंग इन्टरनेशनल एकेडेमी (करियर स्कुल)ले चर्चित धावक वैकुण्ठ मानन्धरलाई ‘करियर खेलाडी सम्मान २०७५’प्रदानगर्ने घोषणा गरेको छ ।
विद्यालयका संस्थापकअध्यक्ष तेज श्रेष्ठका अनुसार धावकमानन्धरलाई ११ हजार १ सय ११ रुपैयाँराशी र ताम्रपत्रसहितको ‘करियर खेलाडी सम्मान २०७५’प्रदानगर्ने निर्णय गरिएको हो ।

विगत ५५ वर्षदेखि निरन्तर दौडिँदै आएकाचर्चित धावकमानन्धरको दौडप्रतिको लगावको उच्च सम्मानगर्दै ‘करियर खेलाडी सम्मान २०७५’प्रदानगर्ने निर्णय गरिएकोअध्यक्षश्रेष्ठले बताउनुभयो ।
विद्यालयले यसअघि राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुलमाइला) लाई ‘करियर स्रष्टा सम्मान’ बाट सम्मानित गरेको थियो भने नेपालीक्रिकेट टोलीकाउपकप्तान ज्ञानेन्द्र मल्ललाई सम्मान गरेको थियो ।
करियर स्कुलले स्रष्टाको साथै खेलाडीलाई पनि सम्मानगर्ने परम्परालाई निरन्तरतादिँदै भविष्यमा विशिष्ट कलाकारहरुलाई पनि सम्मानगरिने प्रिन्सिपल हेम राईले बताउनुभयो ।
विद्यालयले यसै महिनाको अन्त्यताका एक विशेष समारोहकाविचधावकमानन्धरलाई सो सम्मानदिने तय गरेको छ ।






