राजनीतिमा शुद्धीकरण जरुरी छ : मन्त्री पुन

काठमाडौँ, ४ चैत । अर्थमन्त्री वर्षमान पुनले राजनीतिमा शुद्धीकरण जरुरी रहेको बताएका छन् ।

आज नागरिक लगानी कोषको ३४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले राजनीतिमा शुद्धीकरण र प्रशासन संयन्त्रमा पनि शुद्धीकरण जरुरी रहेको बताए । प्रशासन संयन्त्रको शुद्धीकरणबिना देशको आवश्यकता पूरा गर्न नसकिने उनले उल्लेख गरे ।

उनले भने, “राजनीतिक नेतृत्वका समस्या छन्, राजनीतिमा शुद्धीकरण जरुरी छ, हामी आफैँले ठानेका छौँ । आमजनसमुदायले ठानेको छ,” “हाम्रो प्रशासन संयन्त्रमा शुद्धीकरण जरुरी छ । आजको आवश्यकता पूरा गर्न सक्ने अवस्था छैन । हिजोको हामी सम्मान गर्दछौँ, कैयौँ कमी भए, त्यसलाई सच्याएर जानुपर्छ ।”

उनले पैसा नडुब्ने गरी ठूलो आर्थिक वृद्धि हुने क्षेत्रमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन पनि दिएका छन् । उनले लगानी कोषले दीर्घकालीन महत्त्वका पूर्वाधार निर्माण, रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । विगतमा ठूला ऋण लगानी गर्दा भएका कमी–कमजोरीलाई भविष्यमा नदोहोर्‍याउने प्रतिबद्धतासहित अघि बढ्न उनले सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट लिइँदै आएको

काठमाडौँ, ९ असार । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १६ सय रुपैयाँले

काठमाडौँ, ९ असार । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

काठमाडौँ, ९ असार । पोखरामा भारतीय पर्यटक खचाखच भएपछि त्यहाका होटल भरिभराउ भएका छन् । होटल सङ्घ पोखरा, नेपालका अध्यक्ष