कांग्रेसलाई शत्रु घोषणा गर्नु उचित हुँदैन : अध्यक्ष नेपाल

काठमाडौँ, ३ चैत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसलाई अहिले नै शत्रु घोषणा गर्ने विषय कुनै हालतमा उचित नहुने बताएका छन् ।

आज पार्टीको रौतहट– काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संविधानको पक्षपोषण र गणतन्त्रको रक्षाका निम्ति भूमिका खेल्न सक्ने नेपाली कांग्रेसलाई अहिले नै शत्रु घोषणा गर्ने विषय कुनै हालतमा उचित नहुने बताए ।

त्यसैगरी उनले सत्ता गठबन्धनको कार्यदलले शीर्ष तहमा साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन बुझाएको बताए । संविधान र मुलुकका विभिन्न उपलब्धिलाई समाप्त पार्ने काम भइरहेको भन्दै उनले एकताबद्ध भएर यसको प्रतिकार गर्नुपर्नेमा जोड दिए । आउँदो जेठ ३ देखि ७ गतेसम्म पार्टीको १०औँ महाधिवेशन गर्ने तयारी रहेको भन्दै उनले त्यसका सिलसिलामा संगठन निर्माण र सदस्यता वितरणका निम्ति देशव्यापी अभियानमा जुटेको उल्लेख गरे । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट लिइँदै आएको

काठमाडौँ, ९ असार । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १६ सय रुपैयाँले

काठमाडौँ, ९ असार । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

काठमाडौँ, ९ असार । पोखरामा भारतीय पर्यटक खचाखच भएपछि त्यहाका होटल भरिभराउ भएका छन् । होटल सङ्घ पोखरा, नेपालका अध्यक्ष