त्रिभुवन विश्वविद्यालय र सेजनबीच सहकार्यसम्बन्धी सम्झौता

काठमाडौँ, ३० फागुन । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभाग र नेपाल आर्थिक पत्रकार समाज (सेजन) बीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौता भएको छ । 

अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख प्रा.डा शिवराज अधिकारी र सेजन अध्यक्ष सुजन ओलीले बुधबार एक कार्यक्रमबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार अर्थतन्त्रसँग जोडिएका विभिन्न विषयमा संयुक्त रूपमा अध्ययन एवम् अनुसन्धान, सिकाई कार्यक्रम सञ्चालन, ज्ञानको आदान–प्रदान (नलेज एक्सचेञ्ज) का लागि दुई संस्थाले सहकार्य गर्नेछन् । त्यसैगरी, बौद्धिक, प्राज्ञिक एवम् अनुसन्धानात्मक कार्यमा सहकार्यसँगै तथ्यमा आधारित नीति निर्माणका लागि पहलकदमी गर्ने र सम्बन्धित पक्षलाई सुझाव दिने पनि सम्झौतापत्रमा उल्लेख छ । 

विभागले गरेका अध्ययन अनुसन्धानका नतिजाको तथ्यपरक विश्लेषणसहित नीति निर्माता र सर्वसाधारणसम्म पुर्‍याउन सेजनले भूमिका खेल्नेछ भने आर्थिक पत्रकारको सीप तथा क्षमता अभिवृद्धिका लागि तालिम, अनुसन्धानलगायतका कार्यमा विभागले समन्वय, सहकार्य एवम् सहयोग गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदाै । चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ। आइतबार अर्थ

काठमाडौँ, भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद्का बेला संघीय सरकारको राहत तथा उद्धार कार्य प्रभावकारी हुन नसकेको

भक्तपुर, १४ भदाै । विपद्पछिको उद्धार तथा राहत र रसुवामा आएको बाढीबाट उत्पन्न समस्याबारे भक्तपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौँ, १४ भदौ । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड जम्मा गर्ने भएको छ । पार्टीको