एक्स टिभी एप ल्याउँदै मस्क

एजेन्सी, २७ फागुन । अमेरिकी माइक्रो ब्लगिङ वेबसाइट एक्सले स्मार्ट टिभी लन्च गर्दै छ ।

एक्सका मालिक अमेरिकी खर्बपति व्यापारी एलन मस्कले गुगलको भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युब र ओटीटी प्लेटफर्म नेटफ्लिक्सलाई टक्कर दिने तयारीमा छन् । मस्कले शनिवार यसको घोषणा गरेका थिए ।

डज डिजाइनर नाम गरेको एक जना एक्स युजरले ‘तपाईले एक्समा भएका लामा भिडियोहरूलाई छिट्टै सिधै आफ्नो स्मार्ट टिभीमा हेर्न सक्नु हुन्छ’ भनेर लेखेका थिए । यसको जवाफमा मस्कले ‘कमिङ सुन’ लेखेका थिए । टेस्ला र स्पेसएक्सको समेत सीईओ रहेका मस्कले शनिवार एक्समा पोस्टहरू गरेका थिए । एउटा पोस्टमा उनले फोनमा रहेको भिडियोहरू टिभीमा हेर्न एप्पल एयरप्लेको प्रयोग गर्न सकिन्छ भनेर भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवा बाढीपछि सुरुङमा फसेकाहरूको उद्धारमा विदेशी सहायता आवश्यक परेपछि सहयोग मागेको बताएका छन् ।

काठमाडौँ, १४ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकाेट सहितका क्षेत्रमा भएको क्षति

काठमाडौँ, १४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीको विपदमा उद्धार र राहतको विषयमा अहिलेसम्म

काठमाडौँ, १४ भदौ । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा आएको प्राकृतिक विपत्तिको समयमा सरकारलाई पूर्ण सहयोग गर्ने पार्टी तयार