विद्यालय परिसरमै च्याउ र तरकारीखेती

काठमाडौँ, २७ फागुन । म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौर र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन् ।

पश्चिम म्याग्दीको मंगला–२ स्थित मंगला माध्यमिक विद्यालय र मालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा प्राविधिक धारअन्तर्गत बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले तरकारी, फलफूल र  च्याउ उत्पादन गरी बिक्री गरेर आम्दानी गर्न थालेका हुन् ।

विद्यालयका प्रधानाध्यापक गमबहादुर खत्रीका अनुसार मंगला माध्यमिक विद्यालयमा प्राविधिक धार कक्षा (९–१२)मा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थी कक्षाकोठाबाहेक खेतबारीमा समेत पुगेर च्याउ उत्पादन गरी बाबियाचौरमा बिक्री गर्दै आएका छन् । बजारमा विद्यार्थीले उत्पादन गरेको च्याउलाई विद्यार्थी च्याउले चिनिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । २०८३ साल असोज ६ गते मंगलबारको राशिफल ।   मेष: दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछ

काठमाडौँ, ५ असोज । नक्कली नोट देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको

काठमाडौँ, ५ असोज । कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ बस्ने ४५ वर्षीय झेलु भन्ने नवीन चौधरीलाई