भारतले एआई मिसन चलाउन १ खर्ब तीन अर्ब भारुको बजेट स्वीकृत गर्‍यो

एजेन्सी, २५ फागुन । भारत सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मिसन १ अर्ब २५ करोड अमेरिकी डलर अर्थात् १ खर्ब तीन अर्ब भारतीय रुपैयाँको लगानीलाई स्वीकृति दिएको छ ।

भारतमै एआई बनाउने कामलाई अगाडि बढाउन प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा रहेको मन्त्रिपरिषद्ले १ अर्ब २५ करोड अमेरिकी डलरको बजेट स्वीकृत गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । भारतले राष्ट्रिय स्तरको भारत एआई मिशनलाई पनि अनुमोदन गरेको छ । सरकारका अनुसार भारतको एआई मिशनले सार्वजनिक र निजी क्षेत्रका रणनीतिक कार्यक्रम र साझेदारीको माध्यमबाट एआई नवप्रवर्तनलाई उत्प्रेरित गर्नेछ ।

कम्प्युटिङ पहुँचको लोकतान्त्रिकरण, डाटाको गुणस्तर सुधार, स्वदेशी एआई क्षमताको विकास, एआई प्रतिभालाई आकर्षित गर्ने, स्टार्टअपमा जोखिम पूँजी प्रदान गर्ने, नैतिक एआईलाई बलियो बनाउने, र भारतको एआई इकोसिस्टमलाई बढावा दिने सरकारले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन् । बुधबार नेपाली कांग्रेसका सभापति गगन थापालाई

पोखरा, १६  बैशाख । नेपाल सरकारले २०८२ चैत्र १३ गते जारि गरेको १०० बुंदे शासकीय सुधार कार्यक्रमको बुँदा न ७६

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात

काठमाडौँ, १६ बैशाख । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी अस्पताल भर्ना भएकी छन् । श्रम संस्कृति पार्टीका सांसद आरेन राईका अनुसार सुगरको