धनगढीले विराटनगरलाई ७८ रनले पराजित

(कात्तिक ११,  काठमाडौं) । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा एक्स्पर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ७८ रनले पराजित गरेको छ ।

धनगढी ब्लुजले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६ ओभर ४ बलमा १ सय ४ रन बनाउँदा अल आउट भएको हो ।

सुनिल धमलाले १४ बलमा २१ रन, मोहम्मद जैद आलमले २१ बलमा १९ रन, एन्ड्यु सुबिकसनले १७ बलमा १८ रन, सन्दीप लामिछानेले १८ बलमा १० रन बनाए । धनगढीका लरेन्सले तीन, दिपेन्द्रसिंह ऐरीले दुई साथै रोबिन क्षेत्री, कमल ऐरी र ट्रेगोले एकरएक विकेट लिए ।

सौरभ खनालले १३ बलमा नै ४१ रन जोडे । सन्दीप जोराले १२ र मन्जित श्रेष्ठले एक रन बनाए । बलिङतर्फ विराटनगरका जितेन् मुखियाले चार विकेट लिए । योसँगै विराटनगरले लगातार दोस्रो खेल हारेको छ भने धनगढीले पहिलो खेल जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र