इतिहासमै सर्वाधिक कलेक्सन गर्ने फिल्म ‘छक्का पञ्जा ३’

(कार्तिक ११, काठमाडौँ) । दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा ३’ले  ‘छक्का पञ्जा’कै रेकर्ड तोडेको छ ।

‘छक्का पञ्जा ३’ ले नेपाली फिल्म इतिहासमै सर्वाधिक कलेक्सन गर्ने फिल्मको रेकर्डमा आफ्नो नाम राखेको  छ ।

यो फिल्मले १७ दिने कमाई मोफसल वितरकमा ८ करोड र राजधानी भित्र वितरण पनी सोही आँकडामा रहेको जनाएको छ । दुई वितरकबाट प्राप्त ‘छक्का पञ्जा ३’ को कमाई प्लस गर्ने हो भने फिल्मले घरेलु बजारमा १६ करोड छापिसकेको छ । अब सबैको चासो लाइफटाइम कलेक्सनतर्फ बढेको छ ।

निर्देशक दीपाश्री निरौला र कलाकार, निर्माता तथा स्क्रिप्ट राईटर दीपकराज गिरीले ‘छक्का पञ्जा’को १२८ दिनेको रेकर्ड ‘छक्का पञ्जा ३’ ले १७ दिनमा तोडेको भन्दै खुसी व्यक्त गरेका छन् ।

स्टाटस शेयर गर्दै लेखेका छन्: “छक्का पञ्जा १ु ले १२८ दिनमा प्राप्त गरेको लक्ष्य ‘छक्का पञ्जा ३’ले केबल १७ दिनमा उक्त उपलब्धि हासिल गरेको छ । बधार्इ सबै कलाकार तथा प्राबिधिक साथिहरू । धन्यबाद दर्शक, जय नेपाली सिनेमा ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदाै । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गर्नुभएको छ । देशमा

काठमाडौँ, ३१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । रास्वपा प्रवक्ता

काठमाडौँ, ३१ भदौ । आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार बुधबार अर्थ समिति, शिक्षा, स्वास्थ्य

काठमाडौँ, ३१ भदौ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ। सिंहदरबारमा अपराह्न १:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा