दीपेन्द्र ऐरीले लिए नामिबियाको चौथो विकेट

काठमाडौँ, ९ फागुन । नामिबियाको चौथो विकेट दीपेन्द्रसिंह ऐरीले लिएका छन् । 

आईसीसी क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गतको बुधबारको खेलमा नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको नामिबियाले चौथो विकेट गुमाएको छ । दीपेन्द्रले नामिबियाका पाँचौँ नम्बरका ब्याट्सम्यान जन फ्राइलिंकलाई चार रनको ब्यक्तिग स्कोरमा एलबीडब्लूको धरापमा पारेका हुन् । १७.३ ओभरमा जन फ्राइलिंक आउट हुँदा नामिबियाले चार विकेट गुमाएर ८६ रन बनाएको छ । 

तेस्रो नम्बरका ब्याट्सम्यान माइकल भान लिंगेनलाई ३१ रनको ब्यक्तिग स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा स्टम्पिङ गराएका हुन् । १२.१ ओभरमा माइकल आउट हुँदा नामिबियाले ६९ रन बनाको छ ।  त्यसअघि नामिबियाले पहिलो विकेटका रुपमा ओपनर निकोलस डाभिनलाई गुमाएको थियो । उनी आठ रनको ब्यक्तिग स्कोरमा रन आउट भएका थिए । १.४ ओभरमा निकोलस आउट हुँदा नामिबियाले केवल १० रन बनाएको थियो । 

नामिबियाले दोस्रो विकेटका रुपमा ओपनर जिन पियर कोट्जीलाई तीन रनको ब्यक्तिग स्कोरमा गुमाएको थियो । उनको विकेट नेपालका कप्तान रोहित पौडेलले लिएका थिए । रोहितले उनलाई बोल्ड गरेका हुन् । ४.१ ओभरमा उनी आउट हुँदा नामिबियाले १७ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra

काठमाडौँ, १३ असोज । पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब ९९ करोड १६ लाख ९७ हजार

काठमाडौँ, १३ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३८ सय रुपैयाँले

काठमाडौँ, १३ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ