नेपालले नामिबियालाई दियो १३३ रनको लक्ष्य 

काठमाडौँ, ३ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शीर्ष र मध्यक्रमका ब्याटर सस्तैमा पभेलियन फर्किएपछि टस हारेर ब्याटिङमा आएको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १३२ रनमात्र बनाउन सक्यो । नामिबियासामु निरीह बनेको नेपाली ब्याटिङमा भीम सार्कीले सर्वाधिक ४४ रन थपे । धैर्यपूर्ण ब्याटिङ गरेका भीमले ८६ बलमा दुई चौका र एक छक्का प्रहार गरे । 

२१–४ को नाजुक स्थितिबाट भीमले पाँचौँ विकेटका लागि कुशल मल्लसँग ४६ रनको साझेदारी गर्दै नेपाली टिमको इनिङ सम्हालेका थिए । कुशलले २२ बलमा एक चौका र एक छक्कासहित १५ रन थपे । यसबाहेक, गुल्सन झाले ३१ बलमा तीन चौकासहित २१ रन बनाए । पवन सर्राफले २२ बलमा एक छक्कासहित १२ रन थपे । करण केसीले ३८ बलमा तीन चौकासहित १६ रन बनाए ।

अन्य ब्याटरले भने दोहोरो अंकमा रन छुन सकेनन् । अनिल साहले आठ, आसिफ सेखले चार, सोमपाल कामीले दुई र कप्तान रोहितकुमार पौडेलले एक रन थपे । नेपालका ओपनर कुशल भुर्तेलले ‘रोयल डक’ भएका थिए । नेपाललाई सस्तैमा समेट्न नामिबियाका गेरहार्ड इरास्मसले पाँच विकेट लिए । ८.१ ओभर बलिङ गरेका इरास्मसले २८ रनमात्र खर्चिए । रुबेन ट्रम्पेलमेन र ज्याक ब्रासेलले समान दुई विकेट लिए । यस्तै, जान निकोल लोफ्टी–इटोनको नाममा एक विकेट रह्यो ।

आजबाट सुरु भएको त्रिदेशीय शृंखलामा नेपाल र नामिबियासँगै नेदरल्यान्ड्स सहभागी छन् । आजको खेलपछि नेपालले फेब्रुअरी १७ मा नेदरल्यान्ड्ससँग, २१ फेब्रुअरीमा पुनः नामिबिया र २५ फेब्रुअरीमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे सिंहदरबारमा

बुटवल, १५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय