काठमाडौँ, २१ माघ । पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिताको १३औँ संस्करण आगामी फागुनको दोस्रो साता सुरु हुने भएको छ । प्रतियोगिता फुटबल १४ देखि १९ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ ।
नेकपा एमालेको भातृ संस्था खेलकुद महासंघ नेपालअन्तर्गत रहेको राष्ट्रिय ब्याडमिन्टन संघले लामो समयदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ । यसपटक प्रतियोगितामा १२ वटा विधामा प्रतिस्पर्धा गराइने जानकारी आयोजक संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले दिए ।
प्रतियोगितालाई खेल सामाग्री उत्पादक संस्था लि–निङ्को मुख्य प्रायोजन रहेको छ । प्रतियोगिता सहआयोजक महांकाल ब्याडमिन्टन क्लब चन्द्रागिरीको कभर्डहलमा सञ्चालन हुनेछ । प्रतियोगिताको कुल पुरस्कार राशी सात लाख २३ हजार रुपैयाँ रहेको छ ।






