प्रधानमन्त्री कपको उपाधिको लागि पुलिस र आर्मी भिड्दै

‍ काठमाडौँ, २० माघ । छैटौं संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान ९ : १५ मा टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

पुलिस अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनलमा खेलेको हो । पुलिसले लिगका सबै ९ खेल जितेको थियो । आर्मी ९ खेलमा ७ मा जित र २ मा हारसहित १४ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो । लिग चरणमा आर्मी पुलिससँग भैरहवामा १३ रनले पराजित भएको थियो ।

पुलिसको दीपेन्द्रसिंह ऐरी र आर्मीको विनोद भण्डारीले कप्तानी गर्नेछन् । आर्मीका कप्तान विनोदले यस प्रतियोगितामा दुई शतक हानेका छन् । टीयु मैदान विनोद भण्डारीको लागि लक्की पनि मानिन्छ । विनोद, कुशल मल्ल, भीम सार्की, सोमपाल कामी, जितेन्द्र मुखिया र साहब आलम जस्ता खेलाडी आर्मीमा छन् । भीम र कुशलले ब्याटिङमा जिम्मेवारी लिनुपर्ने हुन्छ ।

यता पुलिसमा दीपेन्द्र, कुशल भुर्तेल, आरिफ शेख, अर्जुन साउद, सागर ढकाल, करण केसी र ललितनारायण राजवंशी  लगायतका खेलाडी छन् । २०१७ को प्रधानमन्त्री कप फाइनल वर्षाको कारण पूरा खेल हुन नसकेपछि यी दुवै टोलीले अंक बाँडेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर

काठमाडौँ, १३ असोज । प्रहरीले जबर्जस्तीकरणीको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले सुर्खेतको लेकबेँसी नगरपालिका-१० साटाखानीका ३६ वर्षीय तेजबहादुर

काठमाडौँ, १३ असोज । हनी ट्रयापमा पारेर आपराधिक लाभ उठाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। 

काठमाडौँ, १३ असोज । धनुषामा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । धनुषा प्रहरीका अनुसार मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टी