काठमाडौँ, १८ माघ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच भिडन्त हुने भएको छ ।
बिहीबार लिग चरणको खेल समाप्त भएसँगै पुलिस र आर्मी प्रतियोगिताको फाइनलमा पुगेका हुन् । प्रतियोगिताको फाइनल खेल आउँदो शनिबार खेलिने छ ।
लिग चरणको समाप्तिपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा पुग्ने प्रावधान रहेको थियो । प्रतियोगितामा सहभागी १० वटै टोलीले लिग चरणमा नौ–नौवटा खेल खेलेका थिए ।






