आजदेखि त्रिविमा अनलाइन सुरु

काठमाडौँ, १५ माघ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले अनलाइन मार्फत सेवा प्रवाह सुरु गरेको छ । उपकुलपति सिवलाल भुसालले एक कार्यक्रमकाबिच उक्त कार्यकाे सुरुवात गरेका हुन् । 

त्रिवि पनिकाद्वारा प्रदान गरिने सेवाहरु ट्रान्सकृप्ट, प्रोभिजनल, प्रमाण-पत्र, मूल प्रमाण-पत्र, पुनर्योग र करेक्सनकाे कार्य अनलाइन मार्फत गरिनेछ । त्यसका लागि tuexam.edu.np मा login गरी आवश्यक विवरण तथा प्रमाणहरु संलग्न गरी नेपाल बैंक लिमिटेड वा ग्लोबल आइ एम ई बैंक मध्ये एउटा बैंक छनौट गरी तोकिएको शुल्क तिर्नुपर्नेछ।

अनलाइन फारम २४ सै घण्टा उपलब्ध हुनेछ । तर, काम भने कार्यालय समयभित्र सम्बन्धित कर्मचारीले रुजु गरी प्रथम चरणमा चेक गर्नेछन्। ठिक भए ठिक छ नभएको खण्डमा निर्देशनसहित आवेदकलाई जानकारी पठाइनेछ। आवेदकले निर्देशन बमोजिमका विवरण पेस गरेको खण्डमा पुनः प्रक्रियामा संलग्न हुनेछ । त्यसैगरी सच्याउनुपर्ने अवस्था भए सो को जानकारी सम्बन्धित आवेदकलाई पठाइने व्यवस्था मिलाएको छ ।  

प्रमाण-पत्र संकलनको लागि सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्नुपर्ने छ । हाललाई आवेदन फारम भरेको मितिले सबै प्रक्रिया मिलेको खण्डमा एक हप्ता भित्र उपलब्ध गराइने छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अमेरिका, ६ असोज  । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।  संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका

काठमाडौँ, ६ असोज । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन विहान ९ बजेबाट सुरु हुँदैछ । पार्टीका

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ६ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार गोर्खाका २५,