अफगानिस्तानले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ, १२ माघ । अफगानिस्तानले आइसिसी यु-१९ विश्वकपमा समूह चरणको अन्तिम खेलमा नेपालसामू १ सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले ओभरमा ४०.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४५ रनको योगफल तयार पारेको थियो ।

अफगानिस्तानका अल्लाह मोहम्मद घनजफरले ३७, कप्तान नासिर खान मारुफखिलले ३१, फ्रिडोन दाउदजाइले २९ र हसन इसाखिलले २० रन बनाए । नवौं विकेटका लागि मारुफखिल र दाउदजाइले ५५ रनको साझेदारी गरे ।

नेपालका लागि आकाश चन्दले आठ ओभरमा ३४ रन खर्चिएर पाँच विकेट लिए । यसैगरी दिपेश कँडेलले दुई तथा गुल्सन झा, सुवास भण्डारी र तिलकराज भण्डारीले समान एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सडक

काठमाडौँ, १५ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका २५ सहकारी तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका

काठमाडौँ, १५ असोज । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको आर्थिक विकासको नेतृत्व सरकारले नभई निजी क्षेत्रले गर्नुपर्ने बताए । मुलुकको आर्थिक

काठमाडौँ, १५ असोज । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ ।