शैक्षिक व्यवस्थापन सुधार गर्न विद्यालयमा ‘सिसी क्यामेरा’ जडान

ताप्लेजुङ, १२ माघ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शैक्षिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले विद्यालयमा नयाँ सिसी क्यामेरा जडान  गर्न सुरुआत गरेको छ । साँघुस्थित प्रस्तावित नमुना नारायणी माध्यमिक विद्यालयमा पहिलो चरणमा २६ सिसी क्यामेरा जडान गरिएको हो ।

विद्यालय परिसर, कार्यालय, कक्षाकोठालगायत निगरानी गर्न सकिने गरी सिसी क्यामेरा जडान गरिएको विद्यालयले जनाएको छ । मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार संघीय सरकार नमुना विद्यालय विकास कार्यक्रमको शैक्षिक गुणस्तर सुधारअन्तर्गत नारायणी माविमा सिसी क्यामेरा जडान गरिएको हो । यस्तै विद्यालयमा शिक्षकको विद्युतीय हाजिरीको सुरुआत गरिएको उनले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अमेरिका, ६ असोज  । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।  संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका

काठमाडौँ, ६ असोज । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन विहान ९ बजेबाट सुरु हुँदैछ । पार्टीका

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ६ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार गोर्खाका २५,