एमसी मेरी कोमद्वारा बक्सिङबाट संन्यास

नयाँ दिल्ली, ११ माघ । बक्सिङमा छ पटक विश्व च्याम्पियन भएकी एमसी मेरी कोम (मंगते चुङनेइजाङ मेरी कोम)ले बक्सिङबाट संन्यास लिएकी छन् । बुधबार राति एक कार्यक्रमको आयोजना गर्दै उनले यस्तो घोषणा गरेका हुन् । 

मेरी कोमले आफ्नो अन्तिम खेल २०२२ को कमनवेल्थ गेम्सको ट्रायलका क्रममा खेलेकी थिइन्। उनले भनिन्, ‘मैले आफ्नो जीवनमा सबै कुरा हासिल गरेकी छु। मसँग अझै प्रतिस्पर्धा गर्ने भोक छ, तर अन्तर्राष्ट्रिय बक्सिङ महासंघको नियमले मलाई त्यसो गर्न अनुमति दिँदैन। वास्तवमा, पुरुष र महिला बक्सरहरूलाई ४० वर्षको उमेरसम्म मात्र लड्न अनुमति दिइएको छ, त्यसैले म अहिले कुनै पनि ठुलो प्रतियोगितामा भाग लिन सक्दिनँ।’  

४१ वर्षीया मेरी कोमले २०१२ लन्डन ओलम्पिकमा भारतका लागि कांस्य पदक जितेकी थिइन् । उनी ६ पटक विश्व च्याम्पियनसमेत भइन् । मेरी कोम यस्तो गर्ने एक मात्र महिला बक्सर हुन्। यसबाहेक उनी ५ पटक एसियाली च्याम्पियनसिप जित्ने एक्लो खेलाडी पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा बस र ट्रक एकआपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, १६ असोज । कैलालीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक

काठमाडौँ, १६ असोज । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात रहेको छ । साल्ट ट्रेडिङ

काठमाडौँ, १६ असोज । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ । कोशी प्रदेशका पहाडी