पिसिएममा आइडिया कन्टेस्ट सम्पन्न

पोखरा, ८ माघ । पोखरा कलेज अफ म्यानेजमेन्टमा आइतबार आइडिया कन्टेस्ट सम्पन्न भएको छ । कार्यक्रममा कलेजमा सातौं सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो व्यवसायीक योजना प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा हेरिटेज क्राफ्टले प्रथम र ब्राइट एण्ड साइन क्लिनिङ्गले दोस्रो स्थान प्राप्त गरेका थिए । हेरिटेज क्राफ्टका सदस्यहरु एन्जिला सुवेदी, यज्जु सुवेदी, रोशनी तिवारी, सृष्टी थापा, अनिशा नेपाली, सारा गुरुङ्ग र गरिमा काफ्लेलाई नगद पुरस्कार दश हजार सहित कलेजको प्राचार्यले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । त्यसैगरी दोस्रो स्थान प्राप्त गरेको समूहका सदस्यहरु रोशनी कार्की, सिफाली श्रेष्ठ, अन्जली पौडेल र अमिसा भण्डारीलाई नगद पुरस्कार छ हजार सहित कलेजको प्राचार्यले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

प्रतियोगितामा विद्यार्थीहरुको योजनालाई पहिरन ट्रेडिङ्ग हाउसको प्रबन्ध निर्देशक लक्ष्मी थापा गिरी, मुक्ती इनर्जीका संस्थापक प्रकाश आचार्य र नविल बैंक पोखरा शाखाका प्रमुख प्रदिप पहारीले मूल्यांकन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै कलेजको प्राचार्य लिना नेगी श्रेष्ठले विद्यार्थीहरुलाई रोजगारी खोज्नेभन्दा पनि रोजगारी दिने बनाउन यस्ता कार्यक्रमहरु सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा उप प्राध्यापक निकेस कर्मचार्यले विद्यार्थीहरुलाई प्रतियोगिताको नियमहरुबारे बोल्नु भएको थियो । कार्यक्रम उप प्राध्यापक सुवास मल्लको सञ्चालन तथा प्राचार्य लिना नेगी श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडैँ, १३ भदाै । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका

काठमाडौँ, १३ भदाै । नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगै रहेको टावरमार्फत सेवा सुचारू गरेको छ । यसबाट उक्त जलविद्युत्

काठमाडौँ, १३ भदाै । नेपाल प्रहरीले कञ्चनपुरबाट दुई जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको छ । आज दिउँसो कर्नाटकबाट आएका भारतीय प्रहरीका

काठमाडौँ, १३ भदाै । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरूको स्थलमार्गबाट उद्धार गर्न निःशुल्क यातायात सुरु गरेको छ । शुक्रबारबाट