(कार्तिक ७, एजेन्सी) अमेरिकी पप गायक निक जोनसले अभिनेत्री प्रियंका चोपडाका लागि लस एन्जेलिसमा एक आलिशान र भव्य घर खरिद गरेको छ ।
सो घरको मूल्य ६.५ मिलियन डलर अर्थात् ७६ करोड रुपैयाँ बताइएको छ । प्रियंकाले हालै आफ्नो नयाँ घरको तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छिन ।




