काठमाडौँ, ४ माघ । अफगानिस्तानविरुद्धको तेस्रो टी २० क्रिकेटमा भारतले दोस्रो सुपर ओभरमा खेल जितेको छ ।
बुधबार राति भएको खेलमा भारतका कप्तान रोहित शर्मा र रिंकु सिंहको उत्कृष्ट इनिङ्सका कारण अफगानिस्तानलाई २१३ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो ।
यो ठुलो लक्ष्यको जवाफमा अफगानिस्तानको टोली खेल बराबरी गर्न सफल भयो । दुई टोलीबिच सुपर ओभर खेलिएको थियो जुन बराबरीमा टुङ्गिएको थियो । यसपछि दोस्रो सुपर ओभरमा भारतले १० रनले खेल जित्दै सिरिज पनि क्लीनस्वीप गर्न सफल भयो ।






