विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक

ताप्लेजुङ, २६ पौष । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक लगाएको छ । विद्यालय शान्ति क्षेत्र घोषणा राष्ट्रिय ढाँचा कार्यान्वयन निर्देशिका २०६८ जारी भए पनि गाउँपालिकाभित्र शैक्षिक क्षेत्र प्रभावित हुने गतिविधि नरोकिएकाले गाउँपालिकाले कडाइका साथ लागू गर्ने निर्णय गरेको छ ।
 
विद्यालय हाताभित्र वा विद्यालयको सम्पत्ति प्रयोग गरी राजनीतिक दल वा दलसम्बद्ध सङ्गठन निर्माण, आमसभा, गोष्ठी, बैठक, सभासम्मेलन गर्न नपाइने गाउँपालिकाले जनाएको छ । सो निर्देशिकालाई पूर्णरुपमा लागू गर्न गाउँपालिकाले आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रममा स्पष्ट व्यवस्था गरेको जनाउँदै विद्यालय क्षेत्रमा राजनीतिक गतिविधि रोक्न थप कडाइका साथ लाग्ने निर्णय गरेको छ ।
 
गाउँपालिकाले हालै सूचना जारी गर्दै विद्यालय शान्ति क्षेत्र ढाँचा कार्यान्वयनमा उल्लेख भएअनुसार कुनै पनि समूहद्वारा विद्यालय, विद्यार्थी, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिलाई प्रभाव पार्ने गरी हातहतियार देखाउने, त्रास फैलाउने, कुटपिट गर्ने, विद्यालय बन्द गराउने, बल प्रयोग गर्ने, धम्की दिने, चन्दा आतङ्क मच्चाउनेलगायतका गतिविधिमा कडाइका साथ पूर्णरुपमा रोक लगाउने निर्णय भएको र सोहीअनुसार गर्न गराउन सचेत गराएको छ ।

विद्यालय क्षेत्रलाई शान्त र बालमैत्री बनाउन गाउँपालिकोको उक्त निर्णयलाई कडाइका साथ कार्यान्वयन गराउन स्थानीय तह, विद्यालय, राजनीतिक दल, दल सम्वद्ध सङ्घसंस्था र शैक्षिक पेसागत सङ्घङ्गठनलाई गाउँपालिकाले आग्रहसमेत गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदाै । चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ। आइतबार अर्थ

काठमाडौँ, भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद्का बेला संघीय सरकारको राहत तथा उद्धार कार्य प्रभावकारी हुन नसकेको

भक्तपुर, १४ भदाै । विपद्पछिको उद्धार तथा राहत र रसुवामा आएको बाढीबाट उत्पन्न समस्याबारे भक्तपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौँ, १४ भदौ । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड जम्मा गर्ने भएको छ । पार्टीको