क्यानको वार्षिक क्यालेन्डर सार्वजनिक

काठमाडौँ, १९ पौष । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२४ को वार्षिक खेल तालिका सार्वजनिक गरेको छ । क्यानले बिहीबार सार्वजनिक गरेको खेल तालिकामा वर्षभर आयोजना गरिने आधिकारिक प्रतियोगिता र कार्यक्रमको विषयमा उल्लेख गरिएको छ ।

क्यानद्वारा सार्वजनिक गरिएको वार्षिक क्यालेन्डरमा जनवरी ५ देखि १२ सम्म दक्षिण अफ्रिकामा यू–१९ हाई प्रफरमेन्स क्याम्प सञ्चालन हुने, जनवरी १३ देखि फेब्रुअरी ११ सम्म दक्षिण अफ्रिकामा पुरुष यू–१९ विश्वकप आयोजना हुने, फेब्रुअरी ५ देखि मार्च २५ सम्म क्यानडाविरुद्धको शृङ्खला खेल्ने तथा फेब्रुअरी मलेसियामा एसीसी महिला प्रिमियर कप खेल्ने उल्लेख छ ।

यसैगरी फेब्रुअरी २७ देखि मार्च ५ सम्म नेपालले नामिबिया र नेदरल्यान्ड्सँग त्रिकोणात्मक टी–२० शृङ्खला खेल्ने, मार्चमै हङ्कङमा चार राष्ट्र सम्मिलित टी–२० शृङ्खला खेल्ने, मार्च १९ देखि अप्रिल ३० सम्म घरेलु मैदानमा आयरल्यान्डको ‘ए’ टोलीसँग पाँचवटा एकदिवसीय खेलको शृङ्खला खेल्ने तथा मार्च–अप्रिलमै बंगलादेश, श्रीलंका र अफगानिस्तानको ‘ए’ टोलीसँग टी–२० शृङ्खला खेल्ने उल्लेख छ । यसैगरी आगामी अप्रिलमा एसीसी मेन्स प्रिमियर कप टी–२० प्रतियोगिता खेल्ने, अप्रिल–मेमा महिला द्विपक्षीय टी–२० शृंखलामा सहभागिता जनाउने, जुनमा अमेरिका र वेस्ट इन्डिजमा आईसीसी टी–२० पुरुष विश्वकप खेल्ने तथा जुलाई–अगस्तमा नेपाली टोली बेलायत भ्रमणमा जाने वार्षिक क्यालेन्डरमा उल्लेख गरिएको छ । बेलायत भ्रमणका क्रममा नेपालले एकदिवसीय र टी–२० शृङ्खला खेल्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । धादिङमा अरिंगालले टोक्दा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । वाग्मती प्रदेश प्रहरी कार्यालयका

काठमाडौँ, १५ असोज । नेपालका विभिन्न हिमाल आरोहणका निम्ति ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार

काठमाडौँ, १५ असोज । बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल वर्षापछिको पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको

काठमाडौँ, १५ असोज । काठमाडौँको बुद्धनगर-थापाथली खण्डमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते