‘पख्लास्’

राम चन्द्र प्रजापति

ऐ पूँजीवादका पक्षपाेषक,

तिमी पूँजीवादकाे संरक्षण गरेर कहिलेसम्म भन्छाै ?

याे क्रान्ति किसान मजदुरका लागि हाे भनि ?

लामाे समयदेखि गरेर सत्ता कब्जा ,

आफ्ना हरेक क्रियाकलापमा निम्ता दिइरहेछाै,

मोबाइल एसएमएस फोन, भाइबर मेसेन्जर अनि फेसबुक ट्याग, इन्स्ट्राग्राम, इमेलबाट,

निम्ताका चाङगै चाङ्ग उही पूँजिपति नव धनाध्यलाई ।

मै किसानकाे बेचेर नारा,

सत्तामा पुगेकाे तिमी वन्चित गरेर,

निम्ताे सुरक्षा दिइरहेछाै,

उहीँ सामन्त र नव धनाध्यहरूलाई ।

भयाे चाहिदैन तिम्राे निम्ताे,

चाहिँदैन तिम्राे सत्ता,

कुल्चेर मैलाई फेरि आउँलास्,

मेरै आँगनमा मेरै मुद्दा उठाएर,

त्यतिबेला म पनि त देखाइदिनेछु,

मेराे मतकाे शक्ति । पख्लास् ।।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ